खेल


एमबाप्पेको गोलमा रियलमाथि पीएसजीको जित

एमबाप्पेको गोलमा रियलमाथि पीएसजीको जित

नेपालखबर
फागुन ४, २०७८ बुधबार ६:३५, काठमाडौँ

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पीएसजीले रियल मड्रिडमाथि १–० को जित हात पारेको छ।

पीएसजीलाई जित दिलाउन कायलिन एमबाप्पेले खेलको अन्तिम समयमा उत्कृष्ट गोल गरेका थिए। 

पीएसजीले यसअघि खेलमा पेनाल्टी पाएको भए पनि लियोनेल मेस्सीले त्यसमा गोल भने गर्न सकेनन्।

त्यसपछि दबाबमा आएको टोलीका लागि एमबाप्पेले महत्वपूर्ण गोल गर्दै जित दिलाएका हुन्। 

अब पीएसजीले अन्तिम १६ को दोस्रो लेग  रियल मड्रिडकै मैदानमा मार्च ९ मा खेल्नेछ।

च्याम्पियन्स लिग जित्ने सपना कायम राख्न पीएसजीको लागि उक्त लेगमा बराबरीसम्मको नतिजा पनि पर्याप्त हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad