ad ad

खेल


गुल्सन झालाई समेट्दै विश्वकप छनोटका लागि नेपालले घोषणा गर्‍यो अन्तिम टोली

गुल्सन झालाई समेट्दै विश्वकप छनोटका लागि नेपालले घोषणा गर्‍यो अन्तिम टोली

फाइल फाेटाे


नेपालखबर
फागुन ३, २०७८ मंगलबार २०:२६, काठमाडौँ

तीब्र गतिका बलर गुल्सन झालाई समेट्दै नेपालले आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटका लागि अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको छ। 

ओमानमा सोमबार सम्पन्न चार देशीय टी-२० शृंखला लगत्तै नेपाली प्रशिक्षक पुबुदु दासानायकले अन्तिम १४ सदस्यीय टोलीको घोषणा गरेका हुन्। 

ओमान गएको १७ सदस्यीय टोलीमध्ये तीव्र गतीका बलर करण केसीलाई ढाडमा समस्या देखिएपछि उनको स्थानमा गुल्सन झालाई समेटिएको हो। गुल्सनको भिषा प्रक्रिया जारी रहेको र एकदुई दिनमा ओमान प्रस्थान गर्ने क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए। 

करण भने स्वदेश फर्किने भएका छन्। ओमान पुगेका १७ सदस्यीय खेलाडीमध्ये कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरीलाई रिजर्व खेलाडीका रुपमा राखिएको छ। 

घोषित अन्तिम टोलीमा सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल,  दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेश बम, सागर ढकाल र गुल्सनकुमार झा रहेका छन्। 

ग्लोबल छनोटका खेलहरु शुक्रबारबाट सुरु हुनेछन्। शुक्रबार नेपालले आयोजक टोली ओमानको सामना गर्नेछ। ग्लोबल छनोटमा सहभागी ८ टोलीमध्ये फाइनलमा पुग्ने दुई टोली यसैवर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी(२० विश्वकपमा छनोट हुनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .