ad ad

खेल


करणले टी–२० विश्वकप ग्लोबल छनोट खेल गुमाउने

करणले टी–२० विश्वकप ग्लोबल छनोट खेल गुमाउने

नेपालखबर
फागुन ३, २०७८ मंगलबार १२:२२, काठमाडौँ

आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटमा करण केसीको स्थान गुलसन झा ले लिने भएका छन्। 

 ढाडको चोटका कारण करण केसी खेल्न नसक्ने भएपछि उनको स्थानमा तीव्र गतिका बलर झा लाई पठाउन लागिएको नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए। गुलसन ओमान पुगेपछि करण स्वदेश फर्कनेछन्। 

भिसा प्रक्रिया पूरा भएपछि गुलसन केही दिनमा ओमान पुग्नेछन्। 

शुक्रबार ओमानसँग खेल्दै नेपालले विश्वकप ग्लोबल छनोटको यात्रा सुरु गर्नेछ। 

गत असोजमा आइसीसी टी–२० विश्वकप लिग २ अन्तर्गत अमेरिकासँगको खेलमा गुलसनले डेब्यु गरेका थिए। 

ग्लोबल छनोटको फाइनलमा पुगे नेपालले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नेछ। 

छनोटमा नेपाल ओमान, फिलिपिन्स र क्यानडा रहेको समुह बी मा छ। समूह ए मा आयरल्यान्ड, यूएई, बहराइन र जर्मनी छन्।

समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन्। फाइनल पुग्ने टोली विश्वकपको लागि छनोट हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .