इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम वुल्भरहाम्टन वान्डरससँग २–० ले पराजित भएको छ।
खेलको छैटौं मिनेटमा नै गोल गर्दै वुल्भ्सले खेलमा अग्रता लिएको थियो। १८ औं मिनेटमा उसले अर्को गोल थप्यो। त्यसपछि भने खेलमा थप गोल हुन सकेन र टोटनह्याम पराजित भयो।
यससँगै टोटनह्याम २२ खेलबाट ३६ अंक हात पार्दै लिगको आठौं स्थानमा झरेको छ भने १ खेल बढी खेलेको वुल्भ्स ३७ अंकका साथ सातौं स्थानमा उक्लिएको छ।
त्यस्तै अर्को खेलमा वेस्ट ह्याम युनाइटेड र लिस्टर सिटी बराबरीमा रोकिएका छन्।
24
Shares
प्रतिक्रिया