ad ad

खेल


मैदानमै ढलेका मनिष डाँगी खतरामुक्त

मैदानमै ढलेका मनिष डाँगी खतरामुक्त

नेपालखबर
माघ २९, २०७८ शनिबार १८:४९, काठमाडौँ

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत च्यासल युथ क्लबविरुद्ध भएको शनिबार खेलका क्रममा टाउकोमा चोट लागेर ढलेका मछिन्द्र फुटबल क्लबका मनीष डाँगी खतरामुक्त भएका छन्।

टाउकोमा चोट लागेर होस गुमाएमा उनको अवस्था अहिले खतरामुक्त रहेको प्रशिक्षक प्रवेश कटुवालले बताए।

कटुवालका अनुसार मैदानमा ढलेका मनिषको त्यहीँ प्राथमिक उपचार गरिएको थियो। त्यसपछि उनलाई उपचारका लागि दशरथ रंगशाला नजिकैको ब्लु क्रस अस्पतालमा भर्ना गरिएको थियो। 

त्यहाँ लगेर उपचार गरेपछि उनको होस आएको छ, उनी अहिले खतरामुक्त रहेका अस्पतालले जनाएको छ।

च्यासलविरुद्ध ६१ औँ मिनेटमा मैदान छिरेका मनिष ६५ औं मिनेटमा घाइते भएर ढलेका थिए। हेड गरेर बल लिन जम्प गरेका उनी विपक्षी खेलाडीको प्रहारले लागेर ढलेका थिए। 

च्यासलका यान्निक केट्चाको प्रहार मनिषको टाउको पछाडि लागेको हो। मैदानमा ढलेका उनको सामान्य उपचारपछि अस्पताल लगिएको थियो। मनिष ढलेपछि ९ मिनेटसम्म खेल रोकियो। 

मनिष घाइते भएको खेलमा मच्छिन्द्रले च्यासलमाथि २-० गोलको जित निकाल्यो। जितपछि शीर्ष स्थानको मच्छिन्द्रको १० खेलबाट २६ अंक भएको छ। समान १० खेलमा ५ अंक जोडेको च्यासल तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .