इण्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेटको मेगा अक्सन गराउँदा गराउँदै अक्सनर ह्युज एडमिड्स एक्कासी बेहोस भएर ढलेका छन।
श्रीलंकाका वानिंदु हसारंगामाथि टोलीहरुले बोलि लगाइरहेका बेला ह्युज एक्कासी स्टेजबाट ढलेका हुन्। लगत्तै उनलाई अस्पताल पुर्याएको थियो। अस्पतालले उनको अवस्था स्थिर रहेको जनाएको छ।
उनको स्वास्थ्यअवस्था खराब भएपछि अक्सन रोकिएको थियो। ह्युजको अवस्था सुधारउन्मुख रहेको जानकारी पछि अक्सन पुनः सुचारु गरिएको छ। टेलिभिजन प्रस्तोता चारु शर्माले बाँकी अक्सन गराउँदैछन।
ब्रिटिस ललितकला, क्लासिक कार तथा विभिन्न च्यारिटीका लिलामीकर्ता समेत रहेका ह्युजले ३५ वर्षमा २५ सय भन्दा बढी लिलामी गराइसकेका छन।
यसपल्ट आइपीएलमा पहिलोपल्ट १० खेलाडीले अक्सनमा खेलाडीहरुमाथि बोली लगाउँदैछन।
Auctioneer of #TATAIPLAuction #IPLAuction pic.twitter.com/AnpuPmXqa1— Ayush Gupta (@ayush_gupta45) February 12, 2022Hope is Alright 🤞
Shares

प्रतिक्रिया