ad ad

खेल


वेस्ट इन्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा भारतको ‘क्लिन स्वीप’

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा भारतको ‘क्लिन स्वीप’

नेपालखबर
माघ २९, २०७८ शनिबार ८:५, काठमाडौँ

भारतले वेस्ट इन्डिजविरुद्धको ​एकदिवसीय सिरिजमा ‘क्लिन स्वीप’ गरेको छ।

शुक्रबार भएको अन्तिम एक दिवसीय खेलमा ९६ रनको जित हात पार्दै भारतले सिरिज ३–० ले आफ्नो नाममा गरेको हो। 

शुक्रबारको अन्तिम खेलमा भारतले वेस्ट इन्डिजलाई जितको लागि २६६ रनको लक्ष्य दिएको थियो।

भारतका लागि श्रेयस एय्यरले सर्वाधिक ८० रन बनाएका थिए भने रिषभ पन्तले ५६ रनको पाली खेले।

जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो। 

भारतका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले ३–३ विकेट लिए भने कुलदीप यादव र दीपक चाहरले समान २–२ विकेट लिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .