ad ad

खेल


फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

नेपालखबर
माघ २७, २०७८ बिहिबार २२:०, काठमाडौँ

फिफा वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा परेको हो। 

नेपालले साउथ सुडान र ग्रेनाडालाई उछिनेको हो। यसअघि नेपाल १ सय ६९ औं स्थानमा थियो। नेपाल माघ १५ र १९ गते मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। दुवैमा नेपाल विजयी भएको थियो। 

दक्षिण एसियामा नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन्। भारत १ सय ४ र माल्दिभ्स १ सय ५७ औं स्थानमा रहेको छन्। दुवै यसअघिको वरियतामा यथावत रहेका हुन्। 

नयाँ वरीयताको शीर्ष स्थानमा भने बेल्जियम यथावत छ। ब्राजिल दोस्रो र फ्रान्स तेश्रो स्थानमा कायम रहँदा अर्जेन्टिनाले एक स्थान सुधार गर्दै चौथो स्थानमा चढेको छ। यसअघि चौथोमा रहेको इंग्ल्यान्ड पाँचौंमा पुगेको छ।

इटाली, स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड्स क्रमश शीर्ष दशभित्र अटाएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .