ad ad

खेल


लुकाकुको गोलमा चेल्सी क्लब विश्वकपको फाइनलमा

लुकाकुको गोलमा चेल्सी क्लब विश्वकपको फाइनलमा

नेपालखबर
माघ २७, २०७८ बिहिबार ९:८, काठमाडौँ

चेल्सी क्लब विश्वकपको फाइनलमा पुगेको छ।

बुधबार यूएईको आबुधाबीमा भएको खेलमा अल हिलाललाई १–० गोल अन्तरले हराउँदै चेल्सीले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। 

बुधबार भएको खेलको पहिलो हाफमा चेल्सीको लागि रोमेलु लुकाकुले गोल गरेका थिए।

उक्त गोल नै निर्णायक बन्न पुग्यो र चेल्सी विश्वकपको फाइनलमा पुग्न सफल भयो। 

यससँगै अब फाइनलमा चेल्सीले ब्राजिलको पल्मेइराससँग खेल्नेछ।

फाइनल खेल जितेको खण्डमा चेल्सीको लागि त्यो क्लब विश्वकपको पहिलो उपाधि हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .