ad ad

खेल


टोटनह्याममाथि साउथापम्टनको रोमाञ्चक जित

टोटनह्याममाथि साउथापम्टनको रोमाञ्चक जित

नेपालखबर
माघ २७, २०७८ बिहिबार ७:६, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा टोटनह्याम हटस्परमाथि साउथाम्टनले रोमाञ्चक जित हात पारेको छ।

खेलको १८ औं मिनेटमा आत्मघाती गोलको माध्यमबाट अग्रता लिएको टोटनह्यामको अग्रता ५ मिनेटसम्म पनि टिक्न सकेन। 

पहिलो हाफ १–१ मा सकिएको खेलको ७० औं मिनेटमा पुनः टोटनह्यामले अर्को गोल थप्दै अग्रता लिएको थियो।

तर, त्यसको ९ मिनेटपछि साउथाम्टनले गोल गर्दै खेललाई २–२ बराबरीमा ल्याएको थियो। त्यसको ३ मिनेटपछि पुनः अर्को गोल थप्दै खेल आफ्नो पक्षमा पारेको हो। 

यससँगै साउथाम्पटनले २३ खेलबाट २८ अंक हात पारेको छ। साउथाम्पटन लिगको १० औं स्थानमा उक्लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .