च्यासल युथ क्लबका खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको नेपाल पुलिस क्लबसँगको खेल बुधबार हुँदै छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ।
यसअघि खेलाडीमा कोभिड १९ पुष्टि भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई टोलीबीचको खेल स्थगित गरेको थियो।
कोरोनाले रोकिएको खेल यसअघि माघ २२ गते शनिबार गर्ने बताए पनि मैदानको कारण देखाउँदै आजका लागि सारेको थियो।
नवौँ चरणमा यी दुई टोलीको खेल माघ २ गते हुने तय थियो।
दशौँ चरणका खेलहरु भने शुक्रबार देखि सुरु हुने एन्फाले जनाएको छ।
दशौँ चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज तथा त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ खेल्नेछन्।
72
Shares
प्रतिक्रिया