इन्टर मिलान इटालियन कोपा इटालियाको सेमिफाइनलमा पुगेको छ।
मंगलबार राति भएको खेलमा रोमालाई २–० गोल अन्तरले हराउँदै इन्टर मिलानले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
इन्टर मिलानलाई जित दिलाउने क्रममा एडिन जेको र एलेक्सिस सान्चेजले गोल गरे।
खेलको दोस्रो मिनेटमा नै जेकोको गोलबाट इन्टर मिलानले अग्रता लिएको थियो।
खेलको ६८ औं मिनेटमा सान्चेजले इन्टर मिलानको लागि अर्को गोल थपे।
सेमिफाइनलमा इन्टर मिलानले एसी मिलान र लाजिओबीचको खेलको विजेतासँग खेल्नेछ।
15
Shares
प्रतिक्रिया