ad ad

खेल


दुबईमा हुने आईसीसी विश्वकप लिग-२ मा नेपाल सहभागी हुने

दुबईमा हुने आईसीसी विश्वकप लिग-२ मा नेपाल सहभागी हुने

नेपालखबर
माघ २५, २०७८ मंगलबार १६:५९, काठमाडौँ

नेपालले युएई र पपुवा न्युगिनी सम्मिलित आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने भएको छ। 

संयुक्त अरब इमिरेन्ट्सले मार्चको तेस्रो साता सिरिज आयोजना गर्ने जनाएको छ। सिरिजको खेल तालिका भने सार्वजनिक भएको छैन। यद्यपी सिरिज भने मार्च १५ देखि २२ सम्म शारजाह क्रिकेट स्टेडियम दुबईमा हुने जनाइएको छ। 

नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दासले मार्चको मध्यदेखि सिरिज हुने भनिएपनि खेल तालिका भने सार्वजनिक नभएको बताए। 

आईसीसी विश्वकप लिग–२ मा नेपालले दुई त्रिकोणात्मक सिरिज खेलेको छ। सन् २०२० मा त्रिवि क्रिकेट मैदानमा ओमान र अमेरिकासँग खेलेको थियो। गत असोजमा ओमानमा घरेलु मैदान टोली र अमेरिकासँग त्रिकोणात्मक ओडीआई सिरिज खेलेको थियो। 

आईसीसी विश्वकप लिग–२ मा नेपाल ८ मध्ये ४ खेलमा जित र समान खेलमा हार भोगेको छ। 

सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले एक दिवसीय विश्वकप छनोटमा स्थान पक्का गर्नेछन्। बाँकी ४ टोलीले प्लेअफ खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .