सिएम कृष्ण थापा कुनै पनि अफिसीयल अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने पहिलो नेपाली बनेका छन्। बिहीबार सम्पन्न मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा कृष्णले पहिलो स्थान पाएका हुन्।
नौ चरणको खेलमा ८ अंक जोड्ने क्रममा कृष्णले अन्तिम चरणमा नेपालकै रिजेन्द्र राज भण्डारीलाई हराए। पराजित रिजेन्द्र ६.५ अंक सहित पाचौ भए। प्रतियोगितामा नेपाली खेलाडीले शिर्ष पाचँ स्थान पाए।
अन्तिम चरणमा भारतका सुमित ग्रोभरलाई हराएका प्रकास नेपाल ७.५ अंक सहित दोश्रो ,भारतका शुभम शुक्लालाई हराएका पुरुषोत्तम चौलागाइ ७ अंक सहित तेश्रो तथा सुमित आर्नभ कुशहवालाई पराजित गरेका सजिन मर्हजन ७ अंक सहित चौथो भए। अन्तिम चरणमा पराजित ग्रोभर छैठौ भए।
यसैगरी, सुमित पन्त सातौं, आशिष फुयाँल आठौं तथा सुरविर लामा नवौ तथा शुभम शुक्ला दशौं भए। महिला तर्फ भारतका सन्ध्या जी पहिलो भइन्।
चीनका सुन फुरुङ दोश्रो, नेपालकी सुजना लोहनी तेश्रो तथा जापानकी कोजीमा नात्सुमी चाैंथो तथा नेपालकै शुसीला गुरुङ पाँचौ भए। नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १५ देशका ८४ खेलाडी सहभागि थिए।
विजयी थापाले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाए। यसैगरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन्। आठौं देखि दशौं हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन्। महिला तर्फ विजयीले ७ सय, उपविजयीले ५ सय, तथा तेश्रो देखि पाँचौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाए।

प्रतिक्रिया