परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको नवनियुक्त उप कार्यकारी निर्देशक रुपक सापकोटाले पदभार ग्रहण गरेका छन्।
नवनियुक्त उप कार्यकारी निर्देशक सापकोटा चीनको रिनविन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन्। प्रतिष्ठान अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन गर्ने एक मात्रै सरकारी निकाय हो।
सापकोटाले नेपालको वैदेशिक मामिलाका ज्वलन्त विषयहरुमा अध्ययन गरेर सुझाव दिने प्रतिक्रिया व्यक्त गरेका छन्।
सरकारले मार्च महिनामा आयोजना गर्न लागेको पहिलो सगरमाथा संवादको प्रतिष्ठानलाई सचिवालयको रुपमा तोकेको छ। उनले सरकारले आयोजना गर्ने लागेको सो सम्मेलनलाई सफल बनाउन प्रभावकारी भूमिका खेल्ने विश्वास पनि दिलाए।

प्रतिक्रिया