ad ad

खेल


फाप्ला क्रिकेट रंगशालालाई सरकारले दियो जग्गा

फाप्ला क्रिकेट रंगशालालाई सरकारले दियो जग्गा

नेपालखबर
माघ २५, २०७८ मंगलबार ११:२३, काठमाडौँ

धनगढीको फाप्ला अन्तर्राष्टिय क्रिकेट रंगशालाका लागि सरकारले जग्गा उपलब्ध गराएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई साढे ३८ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो। 

माघ १० गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि सोमबार मात्रै पारित भएको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका अभियन्ता सुवास शाहीले जानकारी दिए। 

सरकारले जग्गा उपलब्ध गराएपछि शाहीले सरकार र यो अभियानमा सहभागी हुने सबैलाई धन्यवाद दिएका छन्। 

फाप्ला क्रिकेट मैदानमा धनगढी प्रिमियर लिग (डीपीएल)  २०१९ मा सम्पन्न भएको थियो। 

७० हजार दर्शक क्षमताको अन्तर्राष्टिय क्रिकेट मैदान बनाउने उदेश्यले सन् २०१५ मा ड्रिम फाप्ला अभियान सुरु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .