ad ad

खेल


बेइजिङ शीतकालीन ओलम्पिकः अहिलेसम्म कुन देशले कति पदक पाए?

बेइजिङ शीतकालीन ओलम्पिकः अहिलेसम्म कुन देशले कति पदक पाए?

नेपालखबर
माघ २५, २०७८ मंगलबार ७:४३, काठमाडौँ

बेइजिङ शीतकालीन ओलम्पिक सुरु भएको तीन दिन पूरा भइसकेको छ।

तीन दिनको खेल सकिँदा स्वीडेन पदक तालिकाको शीर्षस्थानमा देखिएको छ। उसले ३ स्वर्ण जितेको छ। 

दोस्रो स्थानमा रहेको रसियन ओलम्पिक कमिटीले २ स्वर्ण, ३ रजत र २ कास्यसहित कूल ७ पदक जित्दै दोस्रो स्थानमा छ। 

तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले २ स्वर्ण, २ रजत र १ कास्यसहित समग्रमा ५ पदक जितेको छ।

आयोजक चीन भने चौथो स्थानमा छ। उसले २ स्वर्ण र २ रजतसहित ४ पदक जितेको छ। जर्मनीले २ स्वर्ण र १ रजतसहित ३ पदक जितेको छ। 

अमेरिकाले भने अहिलेसम्म ३ रजत पदक जितेको छ। अमेरिका तालिकाको १४ औं स्थानमा छ। 

अहिलेसम्म १९ मुलुकले पदकमा खाता खोलेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .