खेल


अफ्रिका कप जितेपछि मानेले भने– यो मेरो जीवनको उत्कृष्ट ट्रफी हो

अफ्रिका कप जितेपछि मानेले भने– यो मेरो जीवनको उत्कृष्ट ट्रफी हो

नेपालखबर
माघ २५, २०७८ मंगलबार ७:२५, काठमाडौँ

सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेसँगै टोलीका एक महत्वपूर्ण सदस्य साडियो मानेले खुसी व्यक्त गरेका छन्।

यसअघि दुईपटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको सेनेगलले पेनाल्टी सुटआउटमा इजिप्टलाई हराउँदै उपाधि आफ्नो पोल्टोमा पारेको हो। 

जितपछि लिभरपुलबाट व्यावसायिक फुटबल खेल्दै आएका मानेले भने, ‘यो मेरो जीवनको सबैभन्दा उत्कृष्ट दिन हो र जीवनको सबैभन्दा उत्कृष्ट ट्रफी हो।’ 

‘मैले यसअघि पनि च्याम्पियन्स लिग र अन्य केही ट्रफी जितेको छु तर यो मेरो लागि विशेष छ’, २९ वर्षीय फरवार्डले थपे। 

मानेले आफ्नो समग्र टोलीले दिएको उत्साहले नै यो ट्रफी हात पार्ने कार्य सम्भव भएको बताए। उनले प्रशिक्षक तथा टोलीका सबै सदस्यप्रति आभार व्यक्त गरे। उनले आफूले सुरुमा पेनाल्टी मिस गर्नु आफ्नो लागि दुःखको कुरा रहेको सुनाए।

‘यद्यपि जब म टोलीका अन्य साथीहरुसँग पुगेँ। उनीहरुले भने–साडियो! हामी जिते एकसाथ जित्छौँ र हारे एकसाथ हार्छौँ। हामी तिमीलाई राम्रोसँग चिन्छौँ। तिमीले हाम्रो लागि धेरै गरेका छौ। यसलाई जारी राख’, मानेले सम्झिए।

साथीहरुले यस किसिमको भनाइले आफूलाई पनि हौसला मिलेको मानेले बताए। अफ्रिका कप अफ नेसन्स उपाधिको हकदार सेनेगल टोलीका सबै सदस्य रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad