ad ad

खेल


पेङ शुआई भन्छिन्– विबोको पोस्टबारे ठूलो गलत बुझाइ भयो

पेङ शुआई भन्छिन्– विबोको पोस्टबारे ठूलो गलत बुझाइ भयो

नेपालखबर
माघ २५, २०७८ मंगलबार ७:४, काठमाडौँ

चिनियाँ टेनिस खेलाडी पेङ शुआईले चिनियाँ सामाजिक सञ्जाल विबोमा आफूले राखेको पोस्टबारे निकै ठूलो गलत बुझाइ भएको बताएकी छिन्।

गत नोभेम्बरमा विबोमा उनले गरेको एक पोस्टमा उनले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीमाथि यौन शोषणको आरोप लगाएकी थिइन्। 

उक्त पोस्ट केही समयमा नै हटाइएको थियो। तर, यसले विश्वव्यापी चर्चा पाएको थियो। त्यसपछि केही साता उनी हराएकी थिइन्।

हालै मात्र उनले फ्रान्सेली पत्रिकासँग कुरा गर्दै आफूले कहिले पनि यौन शोषणको आरोप नलगाएको बताएकी छिन्।

उनले आफ्नो पोस्टबारे ठूलो गलत बुझाइ भएको कारण समस्या उत्पन्न भएको बताए पनि कस्तो किसिमको गलत बुझाइ भएको हो भन्ने विषयमा भने खुलाएकी छैनन्। 

अन्तर्वार्तामा उनले आफू अहिले सामान्य जीवन बाँचिरहेको उल्लेख गरेकी छिन्। शीतकालीन ओलम्पिकको क्रममा भएको उक्त अन्तर्वार्तामा शुआईले आफ्नो बारेमा चिन्ता व्यक्त गर्ने सबैलाई आभार व्यक्त गरेकी छिन्। 

३६ वर्षीया शुआईले अब छिटै नै खेल जीवनबाट सन्यास लिने संकेत गरिन्।

‘मेरो उमेरलाई ध्यानमा राख्दै धेरै शल्यक्रिया र महामारीको कारण म अब धेरै लामो समयसम्म अघि बढ्न सक्दिनँ। मलाई मेरो शारीरिक अवस्था पहिलाकै जस्तो हुन्छ भन्ने लाग्दैन’, उनले भनिन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .