ad ad

खेल


पीएसजीको फराकिलो जितमा मेस्सीको गोल

पीएसजीको फराकिलो जितमा मेस्सीको गोल

नेपालखबर
माघ २४, २०७८ सोमबार ७:२४, काठमाडौँ

फ्रेन्च लिग वान अन्तर्गतको आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिलीमाथि ५–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ।

खेलको १० औं मिनेटमा न पीएसजीका लागि डानिलो पेरेइराले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। 

खेलको २८ औं मिनेटमा लिलीका लागि स्भेन बोटमेनले बराबरी गोल फर्काएका थिए।

त्यसको ४ मिनेटपछि पीएसजीका प्रासनेल किमेपेम्बेले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए। 

खेलको ३८ औं मिनेटमा लियोनेल मेस्सीले पीएसजीका लागि अर्को १ गोल थपे। मेस्सीका लागि फ्रेन्च लिग वानको यो दोस्रो गोल हो। 

खेलको ५१ औं मिनेटमा पेरेइराले तथा खेलको ६७ औं मिनेटमा कायलिन एमबाप्पेले पीएसजीका लागि १/१ गोल थपे। 

यससँगै पीएसजीले लिग वानमा दोस्रो स्थानमा रहेको टोलीसँगको अंक दुरी १३ अंकमा पुर्‍याएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .