ad ad

खेल


इजिप्टलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

इजिप्टलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

नेपालखबर
माघ २४, २०७८ सोमबार ७:११, काठमाडौँ

सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ।

आइतबार राति भएको खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा पछि पार्दै सेनेगलले उपाधिमा कब्जा जमाएको हो। 

आइतबार भएको फाइनल खेलको निर्धारित समयमा गोलरहित बराबरी खेलेका थिए।

निर्धारित र अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो। 

पेनाल्टी सुटआउटमा सेनेगलले इजिप्टलाई ४–२ ले हराएको हो। 

यसअघि दुईपटक फाइनलमा पुगेर उपाधिबाट वञ्चित भएको सेनेगलले यसपटक भने अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो।

सेनेगल यसअघि सन् २००२ र २०१९ मा अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको थियो। 

इजिप्टले भने  आठौंपटक उपाधि जित्ने महत्वपूर्ण अवसर गुमाएको हो। यो उपाधि इजिप्टका मोहम्मद सलाहको लागि पहिलो अफ्रिका कप अफ नेसन्सको उपाधि हुने थियो। 

यसअघिका नकआउट चरणमा इजिप्टले पेनाल्टी सुटआउटबाटै नतिजा आफ्नो पक्षमा पारेको भए पनि फाइनलमा भने नतिजा सेनेगलको पक्षमा गयो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .