स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडमाथि ४–२ गोल अन्तरको महत्वपूर्ण जित हात पारेको छ ।
आइतबार भएको खेलेको आठौं मिनेटमा नै एथ्लेटिको मड्रिडका यानिक कारास्कोले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाएका भए पनि त्यो अग्रता २ मिनेटसम्म पनि उसले बचाउन सकेन।
खेलको १० औं मिनेटमा जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए। त्यस्तै खेलको २१ र ४३ औं मिनेटमा थप दुई गोल थप्दै बार्सिलोना पहिलो हाफमा ३–१ को बलियो अवस्थामा पुगेको थियो।
खेलको ४९ औं मिनेटमा बार्सिलोनाका डेनी अल्भासले गोल गरेका थिए।
खेलको ५८ औं मिनेटमा एथ्लेटिको मड्रिडका लागि लुइस स्वारेजले १ गोल फर्काएका थिए।
खेलको ६९ औं मिनेटमा रातो कार्ड खाँदै अल्भास मैदान बाहिर गए पनि विपक्षी टोलीले त्यसको फाइदा भने उठाउन सकेन।
यससँगै बार्सिलोना २२ खेलका ३८ अंकसहित लिगको तालिकाको चौथो स्थानमा उक्लिएको छ। एथ्लेटिको मड्रिड भने समान खेलबाट ३६ अंकका साथ पाँचौं स्थानमा झरेको छ।
Shares
प्रतिक्रिया