खेल


एफए कप : सिटी र टोटनहम अन्तिम १६ मा

एफए कप : सिटी र टोटनहम अन्तिम १६ मा

नेपालखबर
माघ २३, २०७८ आइतबार ८:४४, काठमाडौँ

म्यानचेस्टर सिटी र टोटनहम हटस्परले एफए कपको अन्तिम १६ मा स्थान बनाएका छन्। 

शनिबार राति इतिहाद स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटी फुलह्यामलाई ४–१ को फराकिलो अन्तरले हराउँदै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेकाे हो। 

सिटीकोे जितमा रियाद महारेजले २ तथा इल्केए गुन्डोगान र जोन स्टोन्सले एक/एक गोल गरे। फुलह्यामका फावियो कार्भाल्होले एक गोल फर्काए।

खेलमा फुलह्यामले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन। खेलको चौथो मिनेटमै कार्भाल्होले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर त्यसको २ मिनेटमै इल्केए गुन्डोगानले गोल गर्दै खेललाई बराबरीमा बनाए।खेलको १३औँ मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई २–१ को अवस्थामा ल्याए।

५३औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै अग्रता फराकिलो पारे। ५७औं मिनेटमा महारेजले गोल गर्दै सिटीको फरकिलो जित पक्का गरे। 

गएराति नै भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई ३–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ।

टोटेनहमका लागि ह्यारी केनले २ गोल गरे। टाेलीले एक गोल उपहार पायो। ब्राइटनका यभेस विसोउमाले एक गोल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad