ad ad

खेल


डोपिङबाट फर्किएकी जोहौगको सानदार पुनरागमन

जसले जितिन् बेइजिङ ओलम्पिकको पहिलो स्वर्ण
डोपिङबाट फर्किएकी जोहौगको सानदार पुनरागमन

नेपालखबर
माघ २२, २०७८ शनिबार २१:१, काठमाडौँ

नर्वेकी थेरेस जोहौगले शनिबार बेइजिङ विन्टर ओलम्पिकमा पहिलो स्वर्णपदक आफ्नो नाममा लेखाइन्। १५ किलोमिटर स्कीथलोनको मध्यबाट अग्रता लिएकी उनले आफूलाई विश्वकै उत्कृष्ट स्कीयर अलराउण्डरका रुपमा पुष्टि गरिन्।  

१४ पटक विश्व च्याम्पियन र तीनपटक ओलम्पिक पदक विजेता ३३ वर्षीय जोहौगले विश्व नम्बर एक रसियाकी नाताल्या नेप्रेयेवा र अष्ट्रियाकी टेरेसा स्टेडलोबरलाई पछि छोड्दै स्वर्ण चुमिन।

नताल्या ३० सेकेण्डले पछि रहँदै रजतमा खुम्चिइन। जोहौगले ४४ मिनेट १३.७ सेकेण्डमा निर्धारित दूरी पार गर्दै ओलम्पिकको पहिलो स्वर्ण जितेकी थिइन।

अत्यधिक चिसो तापक्रम र तीव्र हावाको प्रतिकूल परिस्थितिका बाबजुद जोहागले स्वर्णपदकमा कब्जा जमाइन्।

ओलम्पिकमा यो उनको पहिलो व्यक्तिगत स्वर्णपदक हो। यसअघि उनले २०१० को भ्यान्कुभर (क्यानडा) विन्टर ओलम्पिकको चार गुणा पाँच किलोमिटर रिले क्रस कन्ट्री टिम रिले दौडमा स्वर्ण पदक जितेकी थिइन्। 

त्यस्तै सन् २०१४ को सोची विन्टर ओलम्पिक मा एक रजत र एक कास्य पदक जितेकी थिइन्। 

Norway's Therese Johaug wins first gold medal of 2022 Winter Olympics in  15km skiathlon

२०१६ मा जोहौग प्रदर्शन उच्च बनाउन लागि औषधि प्रयोग गरेको भन्दै डोपिङमा परिन्। तर जोहागले आफूले प्रयोग गरेको ओठमा लगाउँने बामका कारण डोपिङ पोजिटिभ आएको प्रतिक्रिया दिएकी थिइन्। 

उनले प्रयोग गरेको भनेको बामलाई ट्रोफोड्रर्मिन भनिन्छ। जसमा प्रयोग गरिने क्लोस्टेबललाई प्रयोगका लागि विश्व डोपिङ एजेन्सीले प्रतिबन्ध लगाएको छ। 

उक्त बाम आफूलाई टिम डाक्टरले दिएको उनको प्रतिक्रिया थियो। पछि नर्वेका टिम डाक्टरले आफूले प्रतिबन्धित औषधिको प्रयोग भएकोबारे जानकारी नराख्दा आफ्ना कारण जाहौग डोपिङमा परेको भन्दै राजीनामा दिएका थिए। 

सुरुमा जाहौगलाई १३ महिना खेलबाट प्रतिबन्ध लगाइएको थियो। उक्त प्रतिबन्ध सकिएपछि उनी २०१८ को पेन्जोङ विन्टर ओलम्पिकमा सहभागिता जनाउन पाउँथिन्।

तर पछि अन्तर्राष्ट्रिय स्की फेडेरेसनले उनको प्रतिबन्ध १८ महिना लम्ब्यायो। जसकारण उनले २०१८ को विन्टर ओलम्पिक गुमाउनु परेको थियो। 

शानदार पुनरागमनसहित स्वर्णपदक जितेपछि प्रतिक्रिया दिँदै जाहौगले कयौँ वर्षको मिहिनेत र हजारौं घण्टा घरबाट टाढा बसेपछि मिलेको सफलताले आफू एकदमै खुशी भएको बताइन्।

‘सपना पूरा भएको छ,’ जोहौगले भनिन्, ‘यस क्षणका लागि मैले पछिल्ला वर्षमा एकदमै मिहिनेत गरेकी थिएँ। मैले हजारौं घण्टा प्रशिक्षण गरेकी थिएँ। हजारौं घण्टा घरबाट टाढा बसेकी थिएँ।  अन्ततः सफलता पाउँदा एकदमै खुशी महसुस गरेकी छु।’ 

From left, Sweden's Ebba Andersson (4), Norway's Therese Johaug (3) and Sweden's Frida Karlsson (2) compete during the women's 7.5km + 7.5km Skiathlon cross-country skiing competition at the 2022 Winter Olympics, Saturday, Feb. 5, 2022, in Zhangjiakou, China. (AP Photo/Alessandra Tarantino)

शनिबार साँझसम्म विन्टर ओलम्पिकमा ५ स्वर्णको छिनोफानो भइसकेको छ। नर्वेले २ तथा स्लोभानिया, स्वीडेन र नेदरल्याण्डले एक एक स्वर्णपदक जितेका छन्। 

नर्वेकै बायथोलन मिक्स रिले टोलीले समेत स्वर्णपदक जितेको छ। टोलीले फ्रान्स र रसियालाई पछाडि पार्दै स्वर्णपदक जितेको हो।

त्यसबाहेक नेदरल्यान्डका इराने स्काउटनले ३ हजार मिटर स्केटिङमा स्वर्णपदक जितेका छन्। ओलम्पिकमा यो नयाँ कीर्तिमान समेत हो।

स्लोनिभियाका उर्सा बोगातेजले नर्महिल स्की जम्पिङमा स्वर्णपदक जितेका छन्।

यस्तै स्वीडेन्सका वल्टर बेलबर्गले पुरुष मोगुल फ्रिस्टाइल स्किइङमा स्वर्णपदक हात पारेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .