चीनको बेइजिङमा जारी विन्टर ओलम्पिकको पहिलो स्वर्ण नर्वेकी थिरेसी जोहाङले जितेकी छिन्।
उनले महिला १५ किलोमिटर क्रस कन्ट्री स्कीथलनमा पहिलो स्थान हासिल गर्दै स्वर्णपदक जितेकी हुन।
उनले यसअघि दशपटक विश्व च्याम्पियनसिपको उपाधि जिति सकेपनि ओलम्पिकमा भने यो उनको पहिलो स्वर्णपदक हो।
उनले ४४ मिनेट १३.७ मिनेटमा दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन। रसियाकी नाटालिया नेप्रियाभा दोस्रो स्थानमा रहिन। उनी ३०.२ सेकेन्डले पछि परेकी थिइन।
अष्ट्रियाकी टिरेसा स्टाब्दलोबरले तेस्रो स्थानमा रहँदै कास्य पदक जितिन।
51
Shares
प्रतिक्रिया