ad ad

खेल


२४ वर्षपछि पाकिस्तान भ्रमण गर्दै अष्ट्रेलियाको क्रिकेट टोली

२४ वर्षपछि पाकिस्तान भ्रमण गर्दै अष्ट्रेलियाको क्रिकेट टोली

नेपालखबर
माघ २२, २०७८ शनिबार ७:२२, काठमाडौँ

अष्ट्रेलियाको क्रिकेट टोलीले आगामी मार्चमा पाकिस्तान भ्रमण गर्ने भएको छ।

३ टेस्ट, ३ ओडीआई र एक टी–२० खेलका लागि अष्ट्रेलियाको पुरुष क्रिकेट टोली पाकिस्तान भ्रमणमा जान लागेको हो। उक्त खेलहरु पाकिस्तानको कराँची, रावलपिण्डी र लाहोरमा हुनेछन्। 

यसअघि न्युजिल्याण्ड र इंगल्याण्डले पाकिस्तानमा सुरक्षा चुनौती रहेको भन्दै आफ्नो क्रिकेट टोली पठाउन अस्वीकार गरेका थिए। यद्यपि इंगल्याण्डले आगामी सेप्टेम्बरमा ७ टी–२० र नोभेम्बरमा ३ टेस्ट पाकिस्तानमा गएर खेल्ने बताइसकेको छ। 

अष्ट्रेलियाको क्रिकेट बोर्डले पाकिस्तान क्रिकेट बोर्डर्ला खेलको आवश्यक सुवित्रा उपलब्ध गराएको धन्यवाद दिएको छ।

अष्ट्रेलियाको क्रिकेट बोर्डका सीईओ निक हकलीले पाकिस्तानमा गएर क्रिकेट खेल्नु ऐतिहासिक क्षण भएको बताएका छन्। खेलको स्वस्थ विकासको लागि यो आवश्यक पनि रहेको उनको भनाइ छ। 

सन् २००९ मा श्रीलंकाका खेलाडीमाथि भएको आक्रमण भएको थियो। यो आक्रमणपछि पाकिस्तानमा ६ वर्ष कुनै पनि खेल वा सिरिज भएनन्। उसले त्यसको सट्टामा आफ्नो घरेलु खेल यूएईमा खेल्दै आएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .