खेल


च्यासल र पुलिस क्लबबीचको खेल दोस्रोपटक स्थगित

च्यासल र पुलिस क्लबबीचको खेल दोस्रोपटक स्थगित

फाइल फाेटाे


नेपालखबर
माघ २१, २०७८ शुक्रबार १५:१५, काठमाडौँ

च्यासल युथ क्लबका खेलाडीमा कोरोना सक्रमण देखिएपछि स्थगित भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल फेरि पनि स्थगित भएको छ। 

सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणमा च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण देखिएपछि स्थगित गरेको खेल शनिबार खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको थियो। 

तर मैदानको कारण देखाउँदै एन्फाले यी दुई टोलीको खेल माघ २६ गते बुधबार दिउँसो १ बजेका लागि सारेको छ।

लिगको अंक तालिकामा पुलिस क्लब ७ अंकमा ११ र च्यासल ५ अंकमा १३ औँ स्थानमा छ। 

लिग चरणका बाँकी खेलहरु माघ २८ गतेबाट खेलाउने एन्फाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad