ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल प्रधानमन्त्री शेर बहादुर देउवाबाट सम्मानित भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्षस्थानमा रहेका प्रिन्स दाहाललाई प्रधानमन्त्री देउवाले शुक्रबार सम्मान गरेका हुन्।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्ल्यूएफ) ले सार्वजनिक गरेको यू–१९ को वरीयतामा प्रिन्स शीर्षस्थानमा छन्। ब्याडमिन्टनको वरियतामा पहिलो पटक शीर्ष स्थानमा उक्लिँदै प्रिन्सले कीर्तिमान बनाएका हुन्। यसअघि ब्याडमिन्टनको शीर्ष वरियतामा कुनै नेपाली खेलाडी परेका थिएनन्।

33
Shares

प्रतिक्रिया