खेल


सेन्ट्रल जोन च्याम्पियन भलिबल टोली सरकारबाट सम्मानित

सेन्ट्रल जोन च्याम्पियन भलिबल टोली सरकारबाट सम्मानित

फाइल तस्बिर


नेपालखबर
माघ २१, २०७८ शुक्रबार १३:५१, काठमाडौँ

नेपाली राष्टिय महिला भलिबल टोली नेपाल सरकारबाट नगद पुरस्कारसहित सम्मानित भएको छ। 

गत महिना बंगलादेशमा भएको एभिसी एशियन सेन्ट्रल जोन च्याम्पियन भलिबल टोलीलाई सरकारले शुक्रबार नगद पुरस्कारसहित सम्मान गरेको हो। नेपाली टोलीले लगातार दोस्रो पटक उपाधि जितेको थियो। 

महिला टोलीका १२ खेलाडी, २ प्रशिक्षक र १ जना अफिसियललाई प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मान गरेका हुन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा टोलीका खेलाडीलाई जनही ५ लाख, प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई २ लाख नगद र सम्मान पत्रले सम्मानित गरेका हुन्। 

नेपालले बंगलादेशको ढाकामा पुस १३ गते भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा सानदार जित निकाल्दै उपाधि उचालेको थियो। त्यसअघि नेपालले २०१९ मा भएको च्याम्पियनसिपमा माल्दिभ्सलाई उपाधि जितेको थियो ।

महिला टोली
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही र कृपा अधिकारी, जगदीश प्रसाद भट्ट (मुख्य प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र ज्योति केसी (व्यवस्थापक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad