खेल


फुटबल टोलीका प्रशिक्षक अलमुताइरी प्रधानमन्त्रीबाट सम्मानित

फुटबल टोलीका प्रशिक्षक अलमुताइरी प्रधानमन्त्रीबाट सम्मानित

नेपालखबर
माघ २१, २०७८ शुक्रबार १३:३९, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सम्मानित भएका छन्। 

फुटबल टोलीलाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याए बापत प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई शुक्रबार सम्मान गरेका हुन्। 

गत असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा उनको प्रशिक्षणमा नेपाली टोली फाइनलमा पुगेको थियो।

सरकारले यसअघि नेपाली टोलीलाई सम्मानित गर्दा उनी देश बाहिर रहेका कारण आज सम्मान गरेको हो। 

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको टोलीका २३ खेलाडीलाई जनही ५ लाख र ३ प्रशिक्षकलाई सरकारले जनही ३ लाख रुपैयाँ दिएको थियो।

माल्दिभ्समा असोजमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad