रियल मड्रिड स्पेनिस कोपा डेल रेबाट बाहिरिएको छ। बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १–० गोल अन्तरले पराजित हुँदै रियल मड्रिड कोपा डेल रेबाट बाहिरिएको हो।
यससँगै एथ्लेटिक बिल्बाओ भने कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ। बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई जिताउन खेलको ८९ औं मिनेटमा एलेक्स बेरेन्गुएरले निर्णायक गोल गरे।
यससँगै एथ्लेटिक बिल्बाओ एकै सिजनमा रियल मड्रिड र बार्सिलोनालाई कपबाट आउट गर्ने दोस्रो टोली बनेको छ। यअघि रियल जारागोजाले पनि यी दुवै टोलीलाई एकै सिजनमा कपबाट बाहिर पुर्याएको थियो।
एथ्लेटिक बिल्बाओसँगै भ्यालेन्सिया, रियल बेटिस र रायो भोलकानो पनि स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा पुगेका छन्।
75
Shares

प्रतिक्रिया