इण्डियन प्रिमियर लिग(आईपीएल)का लागि खेलाडीहरुमाथि लाग्ने भाउ(अक्सन) जहिलेपनि उत्साहप्रद हुने गर्छ। आगामी १५ औं संस्करणको आइपीएलका लागि फेब्रुअरी १२ र १३ तारिखमा बैंग्लोरमा मेगा अक्सन हुँदैछ। जसमा कुन टोलीले कुन खेलाडीका लागि कति भाउ लगाउँलान हेर्न संसारभरबाट क्रिकेट खेलाडी र समर्थकहरु बहुप्रतिक्षित छन्।
यसपल्ट अक्सनका लागि १५ खेलाडी खेलाडीहरुले नेपाल क्रिकेट संघ(क्यान)मार्फत नाम दर्ता गराएका थिए। तर आयोजक भारतीय क्रिकेट बोर्ड(बीसीसीआई)ले सर्टलिस्टमा नेपाली कप्तान सन्दीप लामिछानेबाहेक अन्यले नाम बनाउँन सकेनन। सन्दीपको आधारभूत मूल्य ४० लाख भारु(६४ लाख रुपैयाँ नेपाली) तोकिएको छ।
खेलाडी र टोली
जम्मा १२१४ खेलाडीले सुरुमा अक्सनमा नाम दर्ता गराएका थिए। त्यसमध्ये ८९६ भारतीय र ३१८ विदेशी खेलाडी थिए। सर्टलिस्टमा ५९० खेलाडीमात्रै अटाए। जसमा ३७० भारतीय र २२० विदेशी खेलाडी छन। जसमा २२८ क्याप्ड(राष्ट्रिय टोलीबाट खेलेका), ३५५ अनक्याप्ड र सन्दीपसहित ७ एशोसियट राष्ट्रका खेलाडी छन। लखनउ र अहमदाबाद यसपल्ट थपिएका दुई टोली हुन। योसँगै १० टोलीले खेलाडीमाथि अक्सनमा भाउ लगाउनेछन।
बढी मूल्यका खेलाडी
सबैभन्दा बढी आधारभुत मूल्य भएका भारतीय खेलाडीमा शिखर धवन, रविचन्द्रन आश्विन, यूजभेन्द्र चाहाल, दीपक चहार, श्रेयस ऐय्यर, दिनेश कार्तिक, इशान किसन, भुवनेश्वर कुमार, देवदत्त पाडिक्कल, क्रनल पाण्ड्या, हर्सल पटेल, सुरेश रैना, आमत्ती राइडू, मोहम्मद सामी, शार्दुल ठाकुल, रोबिन उथाप्प र उमेश यादव छन।
यस्तै विदेशी खेलाडीमा मुजिब जर्दान, अस्टन अगर, नाथन कुल्टर नाइल, पेट कमिन्स, जोस होजलवुड, मिचेल मार्स, म्याथ्यु वड, अदम जाम्पा, सकिब अल हसन, मुस्ताफिजुर रेहमान, सम बिलिङ, सकिब मोहमुद, क्रिस जोर्डन, कार्ग ओभरटन, आदिल रासिद, जोसन रोय, जेम्स भिन्च, डेविड वेली, मार्क वुड, ट्रेन्ट बोल्ट, लोक्की फर्गुन्सन, क्विन्टन डी कक, मार्चेन्ट डी लान्गी, फाफ डुप्लेसिस, इमरान ताहिर, फाबिएन अलिन, इभान लुइस, डेविड वार्नर, स्टिभ स्मिथ, कासिगो राबाडा, डुविन ब्राभो छन्।
त्यसपछि सबैभन्दा बढी आधार मूल्य भएका खेलाडीको मूल्य १.५ करोड र १ करोड छ। २० खेलाडीको आधार मूल्य १.५ करोड र ३४ खेलाडीको आधारमूल्य १ करोड रुपैयाँ तोकिएको छ।
टोलीले कति खर्च गर्न पाउँछन?
एउटा टोलीले २५ जना खेलाडी राख्न पाउछन। रिटेन गरिएका खेलाडीहरुसहित ९० करोड भारु खेलाडी भित्र्याउनका लागि एक टोलीले खर्च गर्नसक्छन। अक्सनका लागि चेन्नाईसँग ४८, दिल्लीसँग ४७.५, कोलकत्तासँग ४८, मुम्बईसँग ४८, राजस्थानसँग ६३, बैंग्लोरसँग ५७, हैदरवादसँग ६८, लखनउसँग ५९, अहमदावादसँग ५२ र पञ्जाबसँग ७२ करोड बाँकी छ।
Shares

प्रतिक्रिया