अष्ट्रेलियालाई हराउँदै भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।
बुधबार भएको खेलमा अष्ट्रेलियालाई ९६ रनले पराजित गर्दै भारतले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
मंगलबार पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९० रन बनाएको थियो।
२९१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको अष्ट्रेलिया ४१ ओभर ५ बलमा १९४ रन बनाउँदै अलआउट भयो।
भारतका लागि विकी ओस्टवालले ३ तथा निसान्त सिन्धुले २ विकेट लिए।
अब फाइनलमा भारतले इंगल्याण्डको सामना गर्नेछ।
48
Shares

प्रतिक्रिया