बुर्किना फासोलाई हराउँदै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको छ।
बुधबार राति भएको खेलमा सेनेगलले ३–१ गोल अन्तरले हराएको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भए पनि दोस्रो हाफमा दुवै तर्फबाट ४ गोल भएको थियो।
खेलको ७० औं मिनेटमा गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए।
खेलको ७६ औं मिनेटमा अर्को गोल थप्दै सेनेगलले २–० को अग्रता लिएको थियो।
खेलको ८२ औं मिनेटम बुर्किना फासोले गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेको थियो।
यद्यपि खेलको ८७ औं मिनेटमा सेनेगलको लागि साडियो मानेले गोल गर्दै सेनेगललाई ३–१ को जित दिलाए।
अब सेनेगलले फाइनलमा इजिप्ट र क्यानरुमबीच हुने दोस्रो सेमिफाइनलको खेलको विजेतासँग खेल्नेछ।
66
Shares

प्रतिक्रिया