खेल


धनगढीमा सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता हुँदै

धनगढीमा सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता हुँदै

नेपालखबर
माघ १९, २०७८ बुधबार २१:५२, काठमाडौँ

सुदूरपश्चिम ११ स्पोर्टस् क्लबको आयोजनामा धनगढीमा ‘मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप, २०७८’ प्रतियोगिता हुने भएको छ।

यस क्षेत्रका युवालाई फुटबल खेलतिर उत्प्रेरित गराउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यसहित फागुन १९ देखि २८ गतेसम्म मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको पाँचौँ संस्करण हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।

गोल्डकप प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेताले रु १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राइकर, मिड–फिल्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई नगद रु २० हजारका दरले पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिइने छ।

सुदूरपश्चिम प्रदेशको गरिमा बोकेको यस प्रतियोगितामा नेपालका पाँच ए डिभिजन क्लब, मोफसलका दुई, विदेशी दुई र आयोजक गरी जम्मा १० टिमको सहभागिता रहने आयोजकले बताएको छ।

यस्तै, प्रतियोगिताका लागि रु एक करोड ५० लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। उक्त फुटबल प्रतियोगिता देशकै सर्वाधिक धनराशिको भएको आयोजकको दाबी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad