दक्षिण अमेरिकाको विश्वकप छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले पराजित गरेको छ।
बुधबार भएको खेलमा जित हात पार्दै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा २९ औं खेलमा पनि कायम राखेको हो।
यसअघि नै कतारमा हुने विश्वकपमा छनोट भइसकेको अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको २९ औं मिनेटमा लाउरेटो मार्टिनेजले निर्णायक गोल गरे।
हारसँगै कोलम्बिया भने कतार विश्वकपबाट बाहिरिने संघारमा पुगेको छ। विश्वकपमा पुग्न कोलम्बियाले बाँकी खेलमा चमत्कारपूर्ण नतिजा निकाल्नुपर्ने हुन्छ।
कोलम्बियाले अहिलेसम्म १६ खेलबाट १७ अंक जोडेको छ। अब उसले २ खेल खेल्न बाँकी छ। कोलम्बिया सातौं स्थानमा छ।
दक्षिण अमेरिकाबाट शीर्ष ४ मा रहने टोलीले सोझै विश्वकपमा स्थान बनाउन सक्नेछन् भने पाँचौं स्थानमा रहने टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ।
Shares

प्रतिक्रिया