दक्षिण कोरिया कतारमा हुने विश्वकप फुटबल २०२२ को लागि छनोट भएको छ।
मंगलबार भएको खेलमा सिरियालाई २–० ले हराउँदै सिरियाले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो।
मंगलबार भएको खेलको दोस्रो हाफमा दक्षिण कोरियाका किम जिन–सु र क्वोन चाङ–हूनले गोल गर्दै दक्षिण कोरियालाई जित दिलाएका हुन्।
एसिया छनोटको समूह ए मा रहेको दक्षिण कोरियाले यससँगै तेस्रो स्थानमा रहेको यूएईसँगको अंकको अन्तर ११ अंक पुर्याएको छ। अब यूएईले जम्मा २ खेल खेल्न बाँकी छ।
समूहको शीर्ष दुईमा रहने टोली सोझै विश्वकपमा छानिनेछन् भने तेस्रो स्थानमा रहने टोलीले प्ले अफ खेल्नुपर्नेछ।
समूह ए बाट यसअघि नै इरान विश्वकपका लागि छानिइसकेको छ। यद्यपि समूह बीमा भने साउदी अरेबिया, अष्ट्रेलिया र जापानको बीचमा कडा प्रतिस्पर्धा देखिएको छ।
यी ३ मध्ये दुई टोली विश्वकपमा छानिने र एक टोलीले प्ले अफ खेल्नुपर्ने लगभग निश्चित भइसकेको छ।
Shares
प्रतिक्रिया