ad ad

खेल


कार्ड वर्षा भएको खेलपछि अल्मुताइरीले भने : फुटबलमा यो सामान्य घटना हो

कार्ड वर्षा भएको खेलपछि अल्मुताइरीले भने : फुटबलमा यो सामान्य घटना हो

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
माघ १८, २०७८ मंगलबार २१:३७, काठमाडौँ

नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कार्ड वर्षा भएको नेपाल र मोरिससबीचको खेलको तनावपूर्ण अवस्थालाई सामान्य भनेका छन्। 

खेलको पहिलो हाफको १० औँ मिनेटमा सुजल श्रेष्ठको गोलमा नेपालले अग्रता बनाउँदा १२ औँ मिनेटमा मौरिससले पेनाल्टी गुमाएको थियो।

यस्तोमा दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफ तनावपूर्ण बित्यो। यो खेलमा ११ वटा पहेँलो कार्ड र चारवटा रातो कार्ड प्रयोग भए।

मौरिससले दोस्रो हाफ ९ र नेपालले १० खेलाडीमा सीमित भएर खेले।

खेलको ७० औ मिनेटमा नेपालका फरवार्ड अन्जन विष्टलाई एन्ड्री बोटलरले फाउल गरेपछि खेल केहीबेर तनावपूर्ण बनेको थियो। 

त्यो घटनामा दुवैतर्फका खेलाडीले विपक्षी खेलाडीलाई धक्का दिएका थिए। त्यसपछि रेफ्री नविन्द्र महर्जनले मौरिससका एन्ड्री र नेपालका पुजनलाई दोहोरो पहेँलोपछि रातो कार्ड देखाउँदा दुवै टोली १० खेलाडीमा खेल्नु परेको थियो।

खेलाडीलाई सम्झाउन मैदान छिरेका नेपालका गोलरक्षक प्रशिक्षक विकास मल्लले पनि रातो कार्ड पाए। 

लगत्तै मौरिससका ईमान्युल फोलच्युन्डले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि मौरिसस ९ खेलाडीमा सिमित बन्न पुग्यो।

दोस्रो मैत्रीपूर्ण खेलको दोस्रो हाफ तनावपूर्ण बितिरहँदा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने यसलाई फुटबलमा सामान्य भनेका छन्। 

उनले मैत्रीपूर्ण फुटबलमा कहिलेकाहीँ झगडा भएर खेल नै पूरा नहुने गरेको पनि सुनाए। 

‘कहिलेकाहीँ झगडा भएर मैत्रीपूर्ण खेल पूरा हुन पाउँदैन। फुटबलमा रिस, झगडा र एग्रेसन समान्य कुरा हुन्', उनले भने, 'तनावलाई हामीले खेल सकिएसँगै भुल्न सक्नुपर्छ। ठूलो बनाएर मनमा लिइरहनु हुँदैन।'

नेपालले मौरिससविरुद्ध दुवै खेल जितेर सुख अन्त्य गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .