ad ad

खेल


मैत्रीपूर्ण खेलमा कप्तान किरण चेम्जोङ 'म्यान अफ द म्याच'

मैत्रीपूर्ण खेलमा कप्तान किरण चेम्जोङ 'म्यान अफ द म्याच'

म्यान अफ म्याचको ट्रफीसहित किरण चेम्जोङ। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
माघ १८, २०७८ मंगलबार २१:१४, काठमाडौँ

मौरिसससँगको दोश्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल विजयी भएको छ। यो खेलमा नेपालले १-० गोलअन्तरले नतिजा आफ्नो पक्षमा पारेको हो। 

नेपालका लागि खेलको १० औँ मिनेटमा सुजल श्रेष्ठले निर्णायक गरे। 

खेलको १२ औँ मिनेट पाएको पेनाल्टी गोलमा परिणत नहुँदा मौरिससले नतिजा सुम्पिन बाध्य भयो। 

मौरिससको पेनाल्टी रोकेका नेपाली कप्तान किरण चेम्जोङ आजको खेलमा म्यान अफ द म्याच भए।

किरणले मौरिससका कप्तानले प्रहार गरेको उत्कृष्ट पेनाल्टी जोगाएका हुन्।

पोस्ट सम्हाल्ने जिम्मेवारीसँगै किरणको काँधमा टिमलाई चलायमान बनाउने जिम्मेवारी पनि थियो। 

मौरिससका केही खतरनाक प्रहारलाई जोगाएका उनी उत्कृष्ट खेलाडी हुँदै ७५ हजार रुपैयाँ हात पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .