नेपाल र मौरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल आज भइरहेको छ।
दशरथ रंगशालामा जारी खेलको १३ मिनेट बित्दा नेपालले १ गोल गरिसकेको छ।
खेलको दशौँ मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन्। उनले दिनेश राजवंशीको पासमा गोल गरे।
१२ औँ मिनेटमा मौरिससले पाएको पेनाल्टी प्रहार गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाए।
मौरिसससँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले १–० ले जित निकालेको थियो।
99
Shares
प्रतिक्रिया