राष्ट्रिय भलिबल टोली र एपीएफकी स्पाइकर सरस्वती चौधरीको बायाँ घुँडाको शल्यक्रिया गरिएको छ।
सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा सोमबार उनको घुँडाको शल्यक्रिया भएको हो।
बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनको फाइनलका क्रममा सरस्वतीले घुँडामा चोट बोकेकी थिइन्।
उनको घुँडाको शल्यक्रिया गर्न झण्डै एक घन्टा लागेको डाक्टर शैलेन्द्र श्रेष्ठले बताए। पुरानो चोट भएका कारण २/३ महिना लाग्ने र कोर्टमा फर्कन ६ देखि ९ महिना लाग्ने श्रेष्ठले बताए।
उनको मंगलबार देखि नै फिजियोथेरापी सुरु गरिएको छ। अबको ३ महिनापछि ग्राउन्ड रिहाब सुरु हुनेछ।
237
Shares
प्रतिक्रिया