नेपाली राष्ट्रिय फुटबल टोलीले आज मौरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। खेल दशरथ रंगशालामा दिउँसो पौने ५ बजेबाट हुनेछ।
यसअघि पहिलो खेलमा शनिबार नेपाल १–० ले विजयी भएको थियो। नेपालको जितमा विमल घर्तीमगर निर्णायक गोल गरेका थिए।
दोश्रो खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीमा केही परिवर्तन गरेका छन्। डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थी टिमबाहिर रहँदा मनिष डाँगी र दर्शन गुरुङ टोलीमा फर्किएका छन्।
नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, शत्रुघ्न चौधरी छन् भने डिफेन्डरमा गौतम श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल र नविन गुरुङ अटाएका छन्।
मिडफिल्डमा सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, आशिष राई, एरिक विष्ट, सन्तोष तामाङ, सुभाष गुरुङ र पुजन उपरकोटी समेटिएका छन्।
फरवार्डमा अन्जन विष्ट, आशीष लामा, विमल घर्तीमगर, सुशील राई, मनिष डाँगी र दर्शन गुरुङ टोलीमा छन्।
Shares
प्रतिक्रिया