म्यानचेस्टर सिटीले अर्जेन्टिनाका फरवार्ड जुलियान अल्भारेजलाई टोलीमा अनुबन्धन गरेको छ।
बीबीसीका अनुसार सिटीले अल्भारेजलाई १ करोड ७० लाख युरोमा टोलीमा भित्र्याएको हो।
२२ वर्षीय अल्भारेजसँग क्लबले साढे पाँच वर्षको अनुबन्धन सम्झौता गरेको छ। यद्यपि अल्भारेज आगामी जुलाईसम्म भने लोनमा नै रहनेछन्।
अर्जेन्टिनाको रिभर प्लेट क्लबमा रहेका अल्भारेजले क्लबको लागि ९६ खेलबाट ३६ गोल गरेका छन्। गत जुलाईमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दा उनी पनि टोलीमा थिए।
रिभर प्लेटका अध्यक्ष जर्ज ब्रिटोले सिटीले अल्भारेजलाई अनुबन्धन गर्नको लागि आवश्यक प्रक्रिया पूरा गरेको बताए।
उनले अल्भारेजलाई आफ्नो टोलीबाट बिदाइ गर्नबाट रोक्न नसकिने बताए। उनले आफ्नो टोलीमा अब उनको स्थान लिन सक्ने खेलाडी भने नरहेको उनको भनाइ छ।
सिटीका फुटबल निर्देशकले सिकी बेगिरीस्टाइनले अल्भारेज आगामी दिनमा विश्वकै शीर्ष खेलाडीको रुपमा उदाउन सक्ने विश्वास व्यक्त गरे।
Shares
प्रतिक्रिया