इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा पुगेका छन्।
आइतबार राति भएको आ–आफ्नो खेलमा जित हात पार्दै उनीहरुले सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।
आइतबार भएको क्वार्टरफाइनलको खेलमा इजिप्टले मोरोक्कोलाई पराजित गरेको हो भने सेनेगलले इक्वेटेरियल गिनीलाई हरायो।
इजिप्टलाई २–१ को जित दिलाउने क्रममा मोहम्मद सलाहले १ गोल गरे भने अर्को गोलको लागि पनि मौका सिर्जना गरिदिएका थिए।
खेलको छैटौं मिनेटमा नै पेनाल्टीमार्फत गोल गर्दै मोरोक्कोले अग्रता लिएको थियो। तर, खेलको ५३ औं मिनेटमा सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए।
निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो। खेलको १०० औं मिनेटमा इजिप्टले निर्णायक गोल थप्यो।
सेमिफाइनलमा अब उसले बिहीबार आयोजक क्यामरुनको सामना गर्नेछ।
त्यस्तै अर्को क्वार्टरफाइनलमा सेनेगलले इक्वेटेरियल गिनीमाथि ३–१ को सहज जित हात पारेको हो।
अब उसले सेमिफाइनलमा बुर्किना फासोसँग खेल्नेछ।
Shares
प्रतिक्रिया