ad ad

खेल


राफायल नाडालले जिते कीर्तिमानी २१ औँ ग्राण्डस्लाम उपाधि

राफायल नाडालले जिते कीर्तिमानी २१ औँ ग्राण्डस्लाम उपाधि

नेपालखबर
माघ १६, २०७८ आइतबार २१:१६, काठमाडौँ

स्पेनका टेनिस स्टार राफायल नाडालले कीर्तिमानी २१ औँ पटक ग्राण्डस्लाम उपाधि जितेका हुन्। 

अष्ट्रेलियन ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि जितेसँगै उनले आफ्नो नाममा कीर्तिमान लेखाएका हुन्।

उनले नोभाक जोकोभिच र रोजर फेडररले २०-२० पटक ग्रान्डस्लाम जितेको कीर्तिमानलाई उछिनेका हुन्। 

मेलबर्नमा आइतबार भएको रोचक उपाधि भिडन्तमा रसियन खेलाडी डानिल मेदभेदेबलाई उनले पराजित गरे। 

टेनिसमा पाँचौ वरीयताका उनले ५ घण्टा २४ मिनेटसम्म भएको फाइनल भिडन्तमा उत्कृष्ट पुनरागमन गरे। 

सुरुका दुई सेट गुमाएर पनि उनले अन्तिमा उपाधि चुमे। मेदभेदेभले पहिलो सेट ६-२ र दोस्रो सेट ७-६ (७-५) ले जिते। यस्तोमा नाडाल तेस्रो र चौथो सेटमा खेलमा फर्किँदै खेललाई रोचक बनाए।

उनले तेस्रो सेट ६-४ र चौथो सेट ६-४ ले नै जितेर खेललाई बराबरीमा फर्काए। तर उनले निर्णायक अर्थात पाँचौ सेट ७-५ ले आफ्नो पक्षमा पारेर उपाधि चुमे

खेल जीवनको उत्तरार्द्धमा रहेका उनले दोस्रो पटक अष्ट्रेलियन ओपन चुमे। यसअघि सन् २००९ मा पनि उनले अष्ट्रेलियन ओपन जितेका थिए। 

उनले विश्व प्रतिष्ठित फ्रेन्च ओपन १३ पटक, विम्बल्डन २ पटक र युएस ओपन ४ पटक जितिसकेका छन्। उता युएस ओपन जितेका मेदभेदेभ भने दोस्रो ग्रान्डस्लाम जित्न चुक्दा निराश भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .