मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा चर्चित स्ट्राइकर विमल घर्ती मगरले घरेलु टोलीलाई अग्रता दिलाएका छन्।
अफ्रिकी देश मौरिससविरुद्ध दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि विमलले खेलको ५५ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन्।
एक वर्ष लामो इन्जुरीपछि पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेर आफूलाई एक पटक फेरि अब्बल प्रमाणित गरेका छन्।
विमलले यससँगै देशका लागि नवौँ गोल पनि गरेका छन्। नेपालले अब मौरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल यही मंगलबार खेल्नेछ।
252
Shares
प्रतिक्रिया