ad ad

खेल


आहा रारा गोल्डकप : यी खेलाडीले पाए पुरस्कार

आहा रारा गोल्डकप : यी खेलाडीले पाए पुरस्कार

नेपालखबर
माघ १५, २०७८ शनिबार १८:३, काठमाडौँ

शनिबार पोखराामा सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणको फाइनल जित्दै एपीएफ पहिलोपटक च्याम्पियन बनेको छ। 

पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा ट्राइब्रेकरमा मनाङलाई  ५–४ ले हराउँदै एपीएफले पहिलोपटक उपाधि जितेको हो। १४ वर्षपछि फाइनल खेलेको एपीएफले उपाधि हात पारेको हो। 

एपीएफले उपाधिसँगै १० लाख १ हजार​ रुपैयांँ पुरस्कार पाएको छ। ​उपविजेता मनाङले  भने ५ लाख १ हजार रुपैयाँमा चित्त बुझाउनुपरेको छ। 

यस्तै खेलमा उत्कृष्ट खेलाडीहरूले पनि पुरस्कार पाएका छन्। 

हाई स्कोरमा रवि थिङ, बेस्ट डिफेन्डरमा राजन गुरुङ, मिड फिल्डरमा रवि थिङ तथा मनाङका फरवार्ड अफिज ओववालेले जनही २५ हजार पुरस्कार पाएका हुन्।

यसैगरी एपीएफका कोच कुमार थापा, गोलकिपर कुरियामा तथा बेस्ट प्लेयर राजन गुरुङले पनि २५/२५ हजार रुपैयाँ पुरस्कार पाएका छन्।  

खेलको विस्तृत विवरणमनाङलाई ट्राइब्रेकरमा हराउँदै एपीएफ बन्यो पहिलोपटक आहा रारा च्याम्पियन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .