ad ad

खेल


मौरिससविरुद्धका दुवै मैत्रीपूर्ण खेल जित्ने योजनामा नेपाल

कप्तान चेम्जोङ भन्छन् : उनीहरु बलिया भए पनि जितका लागि खेल्छौँ
मौरिससविरुद्धका दुवै मैत्रीपूर्ण खेल जित्ने योजनामा नेपाल

मौरिससविरुद्ध खेलअघिको पत्रकार सम्मेलमा नेपाली कप्तान चेम्जोङ र प्रशिक्षक श्रेष्ठ। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
माघ १४, २०७८ शुक्रबार १८:१५, काठमाडौँ

पहिलो पटक अफ्रिकी देश मौरिसससँग शनिबार नेपालले पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ।

दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मौरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्दा सुखद नतिजाको अपेक्षा गरेको छ। 

भ्रमणकारी टोली मौरिसस भने नेपाललाई रोक्ने रणनीतिका साथ घरेलु टोलीविरुद्ध उत्रिँदैछ। 

केही सातादेखि मौरिसससँगको खेलका लागि तयारी गरिरहेको नेपालको लक्ष्य अघिल्ला खेलमा भएका कमजोरी सुधार गर्ने हुनेछ। 

खेलको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनमा टोलीका कप्तान किरण चेम्जोङले मौरिससविरुद्ध शनिबार मैत्रीपूर्ण खेलमा जितका लागि उत्रिने बताए।

पहिलो पटक ३४ खेलाडी राष्ट्रिय टोलीमा समावेश गरेका प्रशिक्षक अबदुल्लाह अलमुताइरी खेलअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन्। 

यसअघि सामाजिक सञ्जालमा नै मौरिससविरुद्धको खेल हारेमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र जितेमा त्यसको श्रेय खेलाडीलाई जाने उनले बताएका थिए। 

सामाजिक सञ्जालमा सक्रिय देखिए पनि खेलअघि एन्फाको पत्रकार सम्मेलनमा स्वास्थ समस्याका कारण उपस्थित नभएको सहायक प्रशिक्षकले किरण श्रेष्ठले बताए। 

पत्रकार सम्मेलनमा मौरिससका प्रशिक्षक र खेलाडी

मुख्य प्रशिक्षक अलमुताइरीको स्थानमा पत्रकार सम्मेलनमा उपस्थित सहायक प्रशिक्षक श्रेष्ठले अफ्रिकी देश भएकाले शारीरिक हिसाबमा बलियो हुने बताए। 

त्यहीकारण आफूहरुले संयमित हुँदै खेल्ने पनि उनले बताएका छन्। मैत्रीपूर्ण खेल एसियन कप छनोटको तयारीका रुपमा रहेको श्रेष्ठले बताए। 

श्रेष्ठले अघिल्ला खेलहरूमा भएका कमजोरी सुधार्दै सुखद् नतिजाका लागि खेल्ने पनि बताएका छन्। 

यस्तै मौरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले लामो समयपछि राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय भ्रमण गरेको तथा आफूभन्दा बलियो भएकाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने बताए। 

शनिबार हुने पहिलो मैत्रीपूर्ण खेलपछि नेपालले दोस्रो मैत्रिपूर्ण खेल मंगलबार खेल्दै छ। 

दशरथ रंगशालामा हुने खेल बेलुका ४ : ४५ बजे हुँदैछ। खेलका लागि एन्फाले एकतिहाइ दर्शकलाई प्रवेश अनुमति दिँदैछ। 

जसमा स्वास्थ मापदण्ड कडाईका साथ लागू हुने। प्रवेशका लागि दर्शकले अनिवार्य पूरा खोप लगाएको हुनु कार्ड देखाउनुपर्नेछ। रंगशालाको गेटमा एन्फाले एन्टिजेन परिक्षण पनि गर्ने भएको छ।  

पत्रकार सम्मेलनमा नेपाली कप्तान किरण चेम्जोङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .