फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिल र इक्वेडरले बराबरी खेलेका छन्।
खेलको छैटौं मिनेटमा नै कास्मिरोको गोलबाट अग्रता लिएको ब्राजिलले यसलाई अन्तिमसम्म जोगाउन नसक्दा खेल १–१ को बराबरीमा सकिएको हो।
खेलको १५ औं मिनेटमा इक्वेडर १० खेलाडीमा सीमित भएको थियो। यद्यपि त्यसको पाँच मिनेटपछि ब्राजिल पनि १० खेलाडीमा सीमित बन्न पुग्यो।
७४ औं मिनेटमा इक्वेडरका लागि फेलिक्स टोरेसले गोल गरेका थिए।
यससँगै इक्वेडरले १५ खेलबाट २४ अंक हात पारेको छ। ब्राजिल र अर्जेन्टिना यसअघि नै विश्वकपका लागि छानिइसकेका छन्।
इक्वेडर तेस्रो स्थानमा छ। दक्षिण अमेरिकाबाट शीर्ष चार टोलीले विश्वकपमा सोझै स्थान बनाउने छन्।
45
Shares
प्रतिक्रिया