फिफा विश्वकप २०२२को दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको छ।
खेलको ७ औं मिनेटमा नै अर्जेन्टिनाको लागि एन्जल डि मारियाले गोल गरेका थिए। खेलको २० औं मिनेटमा चिलीको लागि बेन बेरेटोन डियाजले बराबरी गोल फर्काए।
त्यस्तै खेलको ३४ औं मिनेटमा अर्जेन्टिनाका लाउरेटो मार्टिनेजले गोल गर्दै टोलीलाई २–१ को अवस्थामा पु¥याए। सोही गोल नै खेलको निर्णायक बन्न पुग्यो।
अर्जेन्टिना यसअघि नै विश्वकपको लागि छानिइसकेको छ। चिलीको लागि भने विश्वकप छनोटको यात्रा कठिन बनेको छ।
१५ खेल खेलेको चिलीले १६ अंक जोडेको छ। चिली सातौं स्थानमा छ। दक्षिण अमेरिकाबाट शीर्ष चार टोलीले सोझै विश्वकप खेल्न पाउनेछन् भने पाचौं टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ।
96
Shares
प्रतिक्रिया